दाङ, २५ जेठ । दाङको घोराहीबाट प्रकाशित हुँदै आएको नयाँ युगबोध राष्ट्रिय दैनिकले कर्मचारीहरुको कोरोना बिमा गरेको छ । कार्यरत पत्रकार, कर्मचारी, स्तम्भकार तथा वितरकहरुका लागि कोरोना बिमा गरिएको पत्रिकाले जनाएको छ ।

पत्रिकाका प्रकाशक सम्पादक प्रताप रेग्मीले कोरोना महामारीको अवस्थामा पनि नागरिकहरुलाई सुसूचित गर्ने कार्यमा खट्ने पत्रिकाका पत्रकार, कर्मचारी, स्तम्भकार र वितरकहरुका लागि प्रतिव्यक्ति ५० हजारको कोरोना विमा गरिएको जानकारी दिनुभयो ।

उहाँले पहिलो चरणमा आज ५६ जनाको कोरोना बिमा गरिएको जानकारी दिनुभयो । पत्रिकाको तर्फबाट घोराहीस्थित सिद्धार्थ इन्स्योरेन्स कम्पनीमार्फत उक्त बिमा गरिएको हो ।

पत्रिकाका कर्मचारी, स्तम्भकार, पत्रकार तथा वितरकलाई कोरोना संक्रमण भए उपचार खर्च वापतको रकम पाउने इन्स्योरेन्सका बजार विभाग व्यवस्थापक प्रविन्जमान श्रेष्ठले जानकारी दिनुभयो

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस