तिर्थराज ज्ञवाली

मसुरीया (देउखुरी दाङ), ३२ जेठ । फ्लोरेन्स अस्पताल लमहीले कोरोना भाइरस परीक्षणका लागि आवस्यक पर्ने भिटिएम आइतवार राप्ती गाउँपालिका लाई प्रदान गरिएको छ ।

दाङ जिल्लाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्याटेलाईट अस्पताल फ्लोरेन्स अस्पताल लमहीले २ सय थान भिटिएम राप्ती गाँउपालिका अध्यक्ष नुमानन्द सुवेदीलाई हुस्तान्तरण गर्नुभएको हो ।

डा. पुष्प भुसाल र डा. रेगनसिंह थापाको टोलीले गाँउपालिका अध्यक्ष सुवेदीलाई सामग्री हस्तान्तरण गर्नुभएको हो । सो भिटिएम क्वारेन्टीनमा बसेकाहरुको कोरोना परीक्षणका लागि प्रयोग गरिने अध्यक्ष सुवेदीले बताउनु भएको छ ।

भिटिएम बुझ्दै अध्यक्ष सुवेदीले नागरिकको स्वास्थ्य सुरक्षाको र रोग पत्ता लगाउन सहयोग पुग्ने सामग्रीका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्याटेलाइट अस्पताल फ्लोरेन्स अस्पताल लमहीलाई धन्यवाद प्रदान गर्नुभएको छ ।

सो भिटिएम हाल राप्ती गाउँपालिकाको २० वटा क्वारेन्टिनमा बसेका ४ सय १७ जनामध्ये २ सय जनाको कोराना रहे नरहेको चेक गर्न मद्दत पुग्ने छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस