दार्मा, १२ असार । दार्मा गाउँपालिका सल्यानका कोरोना सङ्क्रमित सबै कोरोनालाई जितेर घर फर्किएसँगै गाउँपालिका कोरोना सङ्क्रमणबाट मुक्त भएको छ । भारतका विभिन्न स्थानबाट आएका व्यक्तिहरुको परीक्षणका क्रममा गत जेठ २० गते ९ जनामा सङ्क्रमण भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले पुष्टी गरेको थियो ।

सल्यान खलङ्गामा स्थापना गरिएको आइसोलेशनमा बसेका सङ्क्रमितमध्ये ६ जना यसअघि नै कोरोनालाई जितेर घर फर्किसकेका थिए । आज खलङ्गाबाट फर्किएका उनीहरुलाई दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले अबिर र खादा लगाएर पालिकामा स्वागत गर्नुभएको थियो । आइसोलेसनबाट फर्किएका उनीहरु पालिकामा भएको कार्यक्रम पश्चात् घर फर्किएका थिए ।

पालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष केसीले कोरोनाको सङ्क्रमण अझै टरिनसकेको हुँदा सुरक्षाका सम्पूर्ण विधि अपनाउन गाउँपालिकाबासीलाई आग्रह गर्नुभयो । एउटा जोखिमको चरण पार गरे पनि सानो असावधानिका कारण पनि कोरोनाले महामारीको रुप लिनसक्ने भन्दै अध्यक्ष केसीले सचेत र सुरक्षित रहन सबैमा आग्रह गर्नुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस