दार्मा, १५ असार । दार्मा गाउँपालिका सल्यानमा थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । गाउँपालिकाका दुई कर्मचारी र दुईवटा क्वारेन्टाइनमा बसिरहेका ३ जना गरी ५ जनामा सङ्क्रमण पुष्टी भएको हो । सङ्क्रमितहरु वडा नं. १ का १ जना, वडा न‌ं. ५ का ३ जना र वडा नं. ६ का १ जना रहेका छन् ।

कोरोना सङ्क्रमण पुष्टी भएसँगै गाउँपालिकाले विज्ञप्ति जारी गर्दै तत्कालका लागि सबै सेवा प्रवाह बन्द गरेको जनाएको छ । उनीहरुलाई गाउँपालिकाले स्थापना गरेको आइसोलेसनमा राखिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले जानकारी दिनुभयो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखाका यज्ञ खड्काले बताउनुभयो ।

गाउँपालिकाका कर्मचारीमै कोरोना पुष्टी भएपछि गाउँपालिकाले सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी र सङ्क्रमितको सम्पर्कमा आएकाहरुको भोलि स्वाव संकलन गर्दैछ । कोरोना पुष्टी भएपछि गाउँपालिकाले १० गते बजेट सार्वजनिक गरी १५ बस्नेगरी स्थगित गरेको गाउँसभा समेत अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरेको छ ।

दार्मा गाउँपालिकामा यसअघि पनि ९ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको थियो । पुष्टी भएका ९ जना सबै निको भएर घर फर्किसकेका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस