दार्मा, १६ असार । दार्मा गाउँपालिका सल्यानले आज मङ्गलबार छैठौँ चरणमा २ सय २९ जनाको स्वाब सङ्कलन गरेको छ ।  गाउँपालिकाका २ जना कर्मचारीसहित ५ जनामा कोरोना पुष्टी भएपछि गाउँपालिकाले सम्पूर्ण जनप्रतिनिधि, पालिका मातहतका कर्मचारी, स्वास्थ्यकर्मी र सङ्क्रमितको सम्पर्कमा आएकाहरुलाई ट्रेसिङ गरी स्वाब सङ्कलन गरेको हो ।

त्यसैगरी स्थानीय व्यवसायी, होटल सञ्चालक, सुरक्षाकर्मीहरुको समेत स्वाब सङ्कलन गरिएको गाउँपालिकाले जनाएको छ । सङ्कलित स्वाबलाई परीक्षणका लागि चितवनमा पठाउने व्यवस्था मिलाइएको दार्मा गाउँपालिका अध्यक्ष निबहादुर केसीले जानकारी दिनुभयो । हरसम्भव परीक्षणको नतिजा छिटो आउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । स्वाब सङ्कलन पश्चात् सम्पूर्णलाई होम क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको समेत अध्यक्ष केसीले बताउनुभयो ।

गाउँपालिका सोमबार विज्ञप्ति जारी गरी गाउँपालिका, वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरुबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरु समेत अर्को सूचना नआउँदासम्मका लागि बन्द गरेको जनाएको छ । साथै पालिकाअन्तर्गतका सम्पूर्ण नाकाहरु समेत गाउँपालिकाले बन्द गरेको छ । कोरोना सङ्क्रमण फैलिएका कारण असार १५ गते हुने भनिएको गाउँसभा समेत निर्धारित मितिमा हुन सकेन । 

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस