दाङ, २१ साउन । २०७६ सालको मदन पुरस्कारका लागि ७ पुस्तकहरु छानिएका छन् । उपलब्ध पुस्तकहरुमध्येबाट श्रेष्ठ पुस्तकहरुको सूची तयार पार्न गठित समितिले ७ वटा पुस्तकहरु छनौट गरेको मदन पुरस्कार गुठीले जनाएको छ ।

यस वर्ष मदन पुरस्कारका लागि मनोनयनमा परेका पुस्तकहरुमा विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’, योगी धर्महारसको ‘महारसनिघण्टु९खण्ड१–३०’, चन्द्रप्रकाश बानियाँको ‘महारानी’, ललित विष्टको ‘मोहपथ’ र शारदा शर्माको ‘यात्रामा’ रहेका छन् ।

२०७६ मा गुठीलाई प्राप्त भएका १५१ पुस्तकमध्येबाट यी पुस्तकहरु छनौटमा परेका हुन् । छनौटमा परेका ७ पुस्तकमध्येबाट एउटालाई यस वर्षको मदन पुरस्कार प्रदान गरिने छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस