दाङ, ८ भदौ । कोरोना संक्रमण तीव्र रुपमा फैलिएका कारण रुकुम पश्चिमका ३ वटा स्थानीय तह सिल गरिएको छ । रुकुम पश्चिममा आइतबार एकैदिन १८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममले आज बिहान ४ बजेदेखि भदौ १४ गते राति १२ बजेसम्मका लागि जिल्लाका मुसिकोट नगरपालिका, सानीभेरी गाउँपालिका र आठविसकोट नगरपालिकाको वडा नम्बर ९ , ११ र १२ नम्बर वडालाई सिल गरिएको रुकुम पश्चिम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौड्यालले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस