पर्सा, १७ भदौ । जिल्ला प्रशासन कार्यालय पर्साले सक्रंमण रोग नियन्त्रण ऐन अन्तरगत सक्रंमण फैलाउन खाजेको आरोपमा मङ्लबार बीरगन्जका छ जना ब्यवसायीहरुलाई एक महिना कैद र जनही एकसय रुपियाका दरले जरिवाना गरेको छ ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा आदेशको अवज्ञा गरी पसल सञ्चालन गर्ने श्याम साह कानु ,मनिस कुमार कापर , सञ्जित साह कानु , नवनित कुमार कुश्वाहा , श्याम प्रसाद श्रेष्ठ र सुनिल गिरीलाई जनही एक महिना कैद र रु. एकसयका दरले जरिवाना गरिएको जानकारी दिनुभयो । उहाँले कैद वापतको रकम प्रति दिन तीनसयका दरले रु ९ हजार र जरिवाना एक सय गरि जम्मा ९ हजार एकसय बुझाएर सोही दिन छाडिएको बताउनुभयो ।

प्रजिअ तामाङले रेडजोनमा रहेको पर्सा जिल्लामा बुधबारदेखि नो मास्क नो मुभलाई अभियानकै रुपमा सञ्चालन गर्ने र तोकीएको सवारी साधन बाहेकका सवारी चलाउनेहरु माथि कडाईका साथ सक्रमण रोग नियन्त्रण ऐन अन्तरगत कारवाही गरिने जानकारी दिनुभयो ।

बन्दका कारण सर्वसाधारणको पिरमार्का तथा जनजीवन प्रभावित भएको कुरा स्थानीय प्रशासनको जानकारीमा रहेकोले जिल्ला प्रशासन कार्यालय पर्साले बीरगन्ज उद्योग बाणिज्य सङ्घको समन्वयमा शुक्रबारदेखि निषेधाज्ञालाई केही सहज र खुल्ला गर्ने सुचना समेत जारी गरिसकेको अवस्थामा केही ब्यवसायीहरु निजी स्वर्थका लागि आफ्नो र सर्वसाधारणहरुको स्वस्थ्य प्रति सचेत नभई निषेधाज्ञाको अवज्ञा गर्ने गरेकोले बाध्यभई कारवाहीको प्रक्रिया अगाडी बढाउनुपरेको प्रजिअ तमाङको भनाइ छ । गोरखापत्र अनलाइनबाट

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस