दाङ, २१ भदौ । दाङमा लकडाउन एकहप्ता थप गरिएको छ । थपिएको लकडाउनको स्वरुप परिवर्तन गरी बिहान ६ बजेदेखि १२ बजेसम्म बजार खोल्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय घोराहीमा बसेको संकट व्यवस्थापन समितिको बैठकले २८ गतेसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो । थपिएको लकडाउनमा निजी सवारी साधन जोरबिचारमा चलाउने र सार्वजनिक सवारीसाधन संचालन गर्न नपाइने निर्णय भएको छ ।

बैठक संकट व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षतामा बसेको थियो । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि लकडाउन थप गरिएको समितिले जानकारी दिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस