दाङ, २९ भदौ । दाङमा सोमबार एकैदिन ४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाव परीक्षणमा ती कोरोना संक्रमितको पुष्टी भएको हो । यसरी थपिएका संक्रमितहरु घोराही उपमहानगरपालिकामा १९ जना, शान्तिनगर गाउँपालिकामा १७ जना, बबई गाउँपालिकामा ८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यससँगै दाङमा कोरोना संक्रमित हुनेको संख्या ९ सय १९ पुगेको छ । जसमध्ये ७ सय ४३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

हालसम्म कोरोना संक्रमणका कारण दाङमा २ जनाको मृत्यु भइसकेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस