दाङ, १ असोज । नेकपाका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्यमा नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उहाँले गौतमलाई नियुक्त गर्नुभएको हो ।

राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाका तीन सदस्यको कोटामध्ये एउटा पद झन्डै ६ महिनादेखि खाली थियो । यो कोटामा नेकपाका उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय नेकपा सचिवालयले गरेको थियो । बुधबारमात्रै मन्त्रिपरिषद्ले गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस