तिर्थराज ज्ञवाली

मसुरीया (देउखुरी दाङ), ४ असोज । नयाँ आर्थिक वर्षमा योजनाका कामहरु सहज तरिकाले सम्पन्न गर्नेे बारेमा राप्ती गाउँपालिका दाङमा अभिमुखीकरण गरिएको छ । आर्थिक वर्ष २०७७÷७८ को स्वीकृत योजना तथा कार्यक्रमलाई उपभोक्तामाझ लैजानुपूर्व वडा कार्यालय, गाउँपालिकाका कर्मचारी तथा प्राविधिकहरुलाई अभिमुखीकरण गरिएको हो ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको सो अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी र नागरिकमुखी बनाउँदै सम्पन्न गर्ने प्रयत्नमा गाउँपालिका रहेको बताउनुभयो ।

कोरोना भाइरसको जोखिम कायमै रहँदा नेपाल सरकारले लकडाउन तथा निशेषधाज्ञा खुला गरेसँगै योजना निर्माण उपभोक्ता समिति गठन, इस्टिमेट, बजेट परिचालन, योजनामा प्रयोग हुने सामग्रीको पहुँच, जिल्ला तथा गाउँपालिका दररेट लगायतका विषयमा अभिमुखीकरण गरिएको छ ।

राप्ती गाउँपालिका योजना तथा विकास शाखाको आयोजनामा भएको अभिमुखीकरण पश्चात वडा, गाउँपालिका, प्रदेश र केन्द्रको योजनाहरुकोे कार्य सुरु गरिने बताइएको छ ।

वडा कार्यालय तथा गाउँपालिकाका कर्मचारी तथा प्राविधिकहरुलाई अभिमुखीकरण गरिएसँगै केही दिनमै उपभोक्ता समितिलाई समेत अभिमुखीकरण गरिने भएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस