शरद रेग्मी

दाङ, १७ असोज । इलाका प्रहरी कार्यालय तुलसीपुरको स्तरोन्नती भएसंगै जनस्तरबाट स्रोत खोजेर लाखौको स‌ंरचनासहित स्थापना भएको तुलसीपुरको सशस्त्र प्रहरी बेसक्याम्पबाट तुलसीपुरमा शान्तिसुरक्षाको थप अनुभुति भएको छ । आपराधिक क्रियाकलाप, लागुऔषध दुर्व्यसनी एवं नदीजन्य तथा वनजन्य उपजहरुको अबैध चोरी निकासीका कुनै पनि घटना छिप्न र छिपाउने प्रयास समेत मुस्किलको अवस्थामा छन् ।

सशस्त्र प्रहरी सुरक्षा वेशक्याम्प पछिल्ला दिनहरुमा पश्चिम दाङको शान्ति सुरक्षा कायम गर्न लागि परेको छ । रेडियो तुलसीपुरका तत्कालिन अध्यक्ष हेमराज धितालको जस्पुरमा हत्या भएपछि स्थानीय, तुलसीपुर उद्योग बाणिज्य सघं र यस क्षेत्रका आम नागरिकहरुको चाहना अनुसार प्रहरी निरीक्षकको कमाण्डमा विशेषगरी पश्चिम दाङको शान्ति सुरक्षा,अबैध चोरी निकासि र तस्करलाई नियन्त्रण गर्ने उद्देश्यले २०६७ सालमा स्थापना भएको थियो ।

यता बेशक्याम्पको प्रमुखको रुपमा प्रहरी निरिक्षक टेकराज पोख्रेल सरुवा भएर आएको पछिल्लो तीन महिनामा छिप्ने छिपाउने खालका कुनै पनि गतिविधि हुन पाएका छैनन् । राजनितिक दलका नेताहरुको दबाबमा कुनै घटनालाई छिपाउन
चाहनुहुन्न टेकराज । ‘हामी कसैको दबाब र प्रभावमा रहने अवस्था रहँदैन, राज्यले दिएको शान्तिसुरक्षाको अधिकारका लागि हामी आफ्नो कर्तव्यपथमा सधैँ शीर उठाएर अघि बढिरहने छौं’—टेकराज भन्नुहुन्छ । उत्कृष्ट कार्य सम्पादन गरेर संगठनको नाम अझ माथि उठाउने कार्यमा संगठन सधैव लागिरहने उहाँको अभिव्यक्ति थियो ।तिन महिनामा अबैध गिट्टी, बालुवा चोरी निकासी गर्दै गर्दा स्थानिय विभिन्न खोलाहरुबाट करिब ९ वटा ट्रयाक्टरहरु नियन्त्रणमा लिएर २ लाख २५ हजार राजश्व तुलसीपुर उपमहानगरपालिकामा जम्मा गरेको छ । त्यस्तै लकडाउन कार्यान्वयन गराउन समेत ईलाका प्रहरी कार्यालयसगंको सहकार्यले महत्वपूर्ण भुमिका खेलेको सशस्त्र प्रहरीले प्रदेशको उपनिर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न गर्न पनि उत्तिकै भुमिका खेलेको स्थानियहरुले महसुस गरेका छन् ।पछिल्लो समयमा तुलसीपुर सशस्त्र प्रहरी बेसक्याम्पको प्रहरी प्रमुखको भूमिकामा सरुवा भएर आए लगत्तै धेरै सकारात्मक र प्रशंसायोग्य कामहरु भएको तुलसीपुरबासीले पनि महसुस गरेका छन् । व्यावसायीक सुरक्षादेखि अबैध काठ तस्करी र वनजन्य एवं नदीजन्य पदार्थको उत्खनन् र ओसारपसारमा पनि सशस्त्र प्रहरीको निगरानी प्रशंसायोग्य रहेको तुलसीपुरबासीको अनुभुति रहेको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले प्रतिकृया दिनुभयो ।

‘हामिले उपमहानगरपालिकाबाट थोरै बजेटको ब्यबस्था मिलाएर कार्यालयमा पानी ट्यांकीको व्यवस्थापनसंगै गेट निर्माण गरेका छौँ, अब छिट्टै थप बजेट विनियोजन गरेर आवश्यकताको आधारमा निर्माणको काम अगाडि बढाउने सोच बनाएका
छौं’—तुलसीपुर उपमहानगरपालिका प्रमुख पाण्डेले भन्नुभयो । बेश क्याम्पमा आयोजित  बृक्षारोपण र कार्यालय निरीक्षणको क्रममा मेयर पाण्डेले तुलसीपुर सशस्त्र प्रहरी वेसक्याम्पलाई अझै स्तरोन्नती गर्दै सुविधासम्पन्न बनाउन उपमहानगरपालिका लागिरहने पनि बताउनुभयो  ।स्रोत साधनको अभावका बीच दिनहुँ शान्ति सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको सहयोगका लागि तुलसीपुर उद्योग बाणिज्य सघं लागिपरेको सघंका अध्यक्ष बिरबहादुर रावतले बताउनुभयो । ‘बिभिन्न समयमा हामिले जतिसक्यो सहयोग गर्दै आएका छौँ आगामी दिनमा पनि हामि सँगसँगै छौ’ अध्यक्ष रावतले भन्नुभयो ।

प्रहरी निरीक्षक पोख्रेल सरुवा भएर आए लगत्तै दैनिक कामकाजमा समेत सहज भएको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष घनश्याम ढकालले बताउनुभयो । वडा कार्यालयका बिकट क्षेत्रहरुमा सशस्त्र प्रहरी परिचालन भए लगत्तै यस क्षेत्रको शान्ति सुरक्षामा समेत सुधार आएको समेत अध्यक्ष ढकालले बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस