दाङ, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका तीनजना सल्लाहकार र एकजना प्रमुख स्वकीय सचिवलाई कोरोना पुष्टि भएको छ । राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण देखिएको हो ।

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आफूलाई कोरोना पुष्टि भएको जानकारी गराउनुभएको छ । त्यस्तै प्रेस सल्लाहकार सूर्य थापालाई पनि कोरोना देखिएको छ । उहाँहरुले सामाजिक सञ्जालमार्फत कोरोना पुष्टि भएको बताउनुभएकाे हो ।

उहाँहरुको शुक्रबार स्वाब लिइएको थियो । सचिवालयका केही चालकहरुमा समेत कोरोना संक्रमण देखिएको बताइएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस