दाङ, १७ असोज । प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६५ सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्रोतका अनुसार नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना) र सशस्त्र प्रहरीका १८ जनालाई कोरोना संक्रमण देखिएको छ ।

अरु केहीको रिपोर्ट आउन बाँकी छ । शनिबार मात्र प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई समेत कोरोना संक्रमण देखिएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस