दाङ, २० असोज । प्रदेश ५ को र स्थायी राजधानी राप्ती उपत्यका देउखुरी दाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो ।

प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको छ । प्रदेससभाका ८७ सदस्यमध्ये ८२ जनाको उपस्थिति रहेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस