दाङ, २० असोज । लामो समयको प्रतीक्षापछि प्रदेश ५ ले स्थायी राजधानी र नाम पाएकाे छ । आज बसेको प्रदेससभाले प्रदेसको राजधानी र नामकरण टुङ्गो लागेको हो ।

स्थायी राजधानी राप्ती उपत्यका देउखुरी दाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट ६९ मतले पास भएको छ । प्रस्तावको विपक्षमा १३ मत परेको छ । प्रदेससभाका ८७ सदस्यमध्ये ८२ जनाको उपस्थिति रहेको थियो ।

त्यसैगरी प्रदेसको नाम लुम्बिनी राख्नेमा ७९ मतका साथ दुईतिहाइले पास भएको छ । जसकाे बिपक्षमा ४ मत परेको थियो । नामकरण मतदान प्रक्रियामा ८३ जनाको सहभागिता रहेको थियो ।

प्रदेश सरकारले प्रदेसको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँभीको शीतगंगा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने प्रस्ताव १६ असोजमा प्रदेससभामा पेश गरेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस