दाङ, १३ कात्तिक । दाङमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा लमही २ दोलही बस्ने ७५ वर्षका भरथारी चौधरी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

भे १० प १५४९ नम्बरको मोटरसाइकलले पैदल यात्री चौधरीलाई लमही १ नर्ती नजिकै बुधवार अपरान्ह ठक्कर दिँदा गम्भीर घाइते भएका उहाँको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारकै क्रममा बेलुकी साढे छ बजे निधन भएको प्रदेश प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो । सोही दुर्घटनामा परी मोटरसाइकल चालक अछाम बागंगढी गाउँपालिका ५ बस्ने २९ बर्षिय भोला रावल र सवार रुकुम सानोभेरी गाउँपालिका ५ बस्ने २३ वर्षीया उमा केसी घाइते हुनुभएको छ ।

उहाँहरुको लमही अस्पतालमा उपचारपछि डिस्चार्ज भएको प्रहरीले बताएको छ । तीव्र गतिमा गुडिरहेको मोटरसाइकल अनियन्त्रित भई पैदलयात्रीलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ । ठक्कर दिने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस