दाङ, १९ कात्तिक । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः२५ बजे उहाँको निधन भएको हो ।

रोल्पामा रहँदा स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई कात्तिक १३ गते दाङको गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि उहाँलाई गत शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो । ५९ वर्षीया महरा १५ गतेदेखि भेन्टिलेटरमा उपचाररत हुनुहुन्थ्यो ।

नर्भिक अस्पतालमा पीसीआर टेष्ट गर्दा उहाँमा कोरोना पोजेटिभसमेत देखिएको थियो । सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित हुनुहुन्थ्यो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस