तिर्थराज ज्ञवाली

मसुरिया (देउखुरी दाङ), २३ कात्तिक । राप्ती गाउँपालिका दाङले ८० वर्ष माथिका जेष्ठ नागरिकलाई सहयोगी सामग्री उपलब्ध गराएको छ । आइतवार वडा नं १, २ र ३ मा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, वडा अध्यक्ष जगतबहादुर थापा, तारा बहादुर डिसीलगायतको सहभागितामा जेष्ठ नागरिकलाई सहयोगी सामग्री उपलब्ध गराइएको हो ।

राप्ती गाउँपालिका तथा लुम्विनी प्रदेश मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको समन्वयमा ९ वटै वडाका ३१४ बढी जेष्ठ नागरिकलाई थर्मस र लाइट उपलब्ध गराइने मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका कार्यक्रम सहजकर्ता टीकाबहादुर बस्नेतले जानकारी दिनुभयो । आइतवारदेखि सहयोगी सामग्री वितरण सुरु गरिएको र आगामी शुक्रवारसम्म सम्पूर्ण ८० वर्ष माथिका जेष्ठ नागरिकको हातहातमा थर्मस र लाइट उपलब्ध गराइने राप्ती गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जीवन कुमारी जिसीले जानकारी दिनुभयो ।यसै क्रममा राप्ती गाउँपालिका तथा लुम्बिनी प्रदेश मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको समन्वयमा शिक्षा सुधार कार्यक्रम अन्तर्गत नयाँगाउँस्थित जनज्योति आधारभूत विद्यालयलाई बालविकासका विद्यार्थीलाई लक्षित गरी टेलिभिजन उपलब्ध गराइएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस