दाङ, २० मङ्सिर । आफ्ना स्वर्गीय पिताको सम्झनामा घोराहीका दुर्गा भुषाल खत्रीले असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रमा खाद्यान्न तथा अन्य सामग्री सहयोग गर्नुभएको छ । पिता मुक्तिराम भुषाल खत्रीको स्वर्गारोहणको २० दिनको अवसरमा घोराही १७ निवासी उहाँले देउखुरीको नीलसागर सेवा केन्द्रमा सहयोग गर्नुभएको हो ।

बुवाको सम्झनामा आफूले सहायक, अशक्तहरुलाई सहयोग गरेको खत्रीले बताउनुभयो । उहाँले सेवा केन्द्रलाई दाल, चामल, चिनी, नून, तेल, साबुन, चाउचाउ, बिस्कुट, फ्रुटी, मोजा, ब्लाङ्केट, बर्को, औषधि, फलफूललगायतका सामग्री हस्तान्तरण गर्नुभएको थियो । सहयोग हस्तान्तरण गर्दै खत्रीले सेवा नै सबैभन्दा ठुलो धर्म भएकोले आफूले खाद्यान्नलगायतका सामग्री हस्तान्तरण गरेको बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस