दाङ, २५ मङ्सिर । तुलसीपुर उपमहानगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवधिभर भएका गतिविधिको समीक्षा गर्दै अभियानको समापन गरेको छ । तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखा र न्यायिक समितिको आयोजना तथा सरोकारवाला संस्थाको समन्वयमा १६ दिने अभियानका क्रममा भएका गतिविधिको समीक्षा गर्नुका साथै ७२औँ मानव अधिकार दिवस समेत मनाइएको थियो ।कार्यक्रमका सहभागीहरुले हिंसा अन्त्यका लागि अभियान मात्र चलाएर नहुने भन्दै हिंसा नगर्ने र हिंसाविरुद्ध लाग्ने प्रतिबद्धता जनाउनु पर्ने बताएका थिए । मानव अधिकार उल्लङ्घनका घटनाहरु दिनप्रतिदिन बढिरहेको बताउँदै कार्यक्रमका सहभागीहरुले मानव अधिकारको रक्षार्थ सबै एकजुट हुनुपर्ने धारणा राखेका थिए ।कार्यक्रममा हिंसा प्रभावित व्यक्तिहरुसँग समेत अन्तक्र्रिया गरिएको थियो । उनीहरुका समस्याहरु समाधान गर्न सरोकारवालाहरु एक भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख शर्माले उपमहानगरपालिकाले विशेष कार्यक्रम ल्याई हिंसा प्रभावितलाई उद्यमशीलतातर्फ जोड्ने प्रयासमा रहेको बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस