तुलसीपुर, ६  पुस ।  पश्चिम दाङमा  टिकटक बनाउने क्रममा  झुलुंगे पुलबाट खसेर गम्भीर घाइते  भएका युवकको मृत्यु  भएको  छ ।  मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरी निवासी २४ वर्षिय रमेश थापा रहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

उपचारकाक्रममा  कोहलपुर मेडिकल कलेजमा आज बिहान  मृत्यु  भएको  हो ।

शनिबार दिउँसाे दुई बजेतिर बबई गाउँपालिका वडा नं. ५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट टिकटक बनाउने क्रममा उनी खसेका थिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस