दाङ, २९ पुस । तुलसीपुर उपमहानगरपालिका दाङले तुलसीपुर बजारको मासु पसलको अनुगमन गरेको छ । विहानै ५ बजे पासु पसल पुगेको उपभोक्ता हित संरक्षण समितिको टोलीले खसी, बाख्रा, राँगा तथा कुखुरा मासु पसलको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा समितिले राहुला राँगा मासु पसलमा गुणस्तरअनुसार मासु व्यवस्थापन नगरेको पाइएकोले तत्काल गुणस्तर सुधारका लागि निर्देशन दिएको छ । पसलमा मासु झुण्ड्याउनका लागि फरामको हुक प्रयोग गरिएको, फोहरमैला व्यवस्थापन नभएकोले व्यवस्थापन गर्न निर्देशन दिइएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले बताउनुभयो । साथै उक्त पसलमा बालश्रमिकको समेत प्रयोग भएको पाइएकोले आगामी दिनमा बालश्रमको प्रयोग नगर्न समेत अनुगमन टोलीले चेतावनी दिएको छ ।अनुगमन टोलीले पसलहरुमा सरसफाईलगायत मासु व्यवस्थापन, खसी, बोकाको स्वास्थ्य अवस्था, फर्म दर्ता, मूल्य सूची, नापतौल उपकरणको अनुमति लगायतमा अनुगमन गरेको थियो । टोलीमा जनप्रतिनिधि, उपभोक्ता हित संरक्षण शाखा, इलाका प्रशासन कार्यालय तुलसीपुर, इलाका प्रहरी कार्यालय तुलसीपुर, पशु सेवा शाखा, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

उपभोक्ता हित संरक्षण समितिले पछिल्लो चरणमा बजारमा खाद्य वस्तुहरुको गुणस्तरलगायतमा बजार अनुगमनलाई तिब्रता दिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस