दाङ, ९ माघ । तुलसीपुर उपमहानगरपालिका दाङले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण शुरु गरेको छ । महिला, बालबालिका तथा सामाजिक विकास शाखामार्फत ८४ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण कार्यक्रमको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्माले वडा नं. ५ का पाटासिंह डाँगीलाई घरमै पुगेर र हस्तकली वलीलाई वडा कार्यालयमा न्यानो कपडा दिएर शुभारम्भ गर्नुभएको थियो ।

न्यानो कपडा वितरण गर्दै उपप्रमुख शर्माले जेष्ठ नागरिकहरुको सम्मान तथा उहाँहरुको सुरक्षाका लागि स्थानीय सरकार निरन्तर क्रियाशील रहेको बताउनुभयो । आजका जेष्ठ नागरिकको हिँजोको योगदानबाटै देशको विकास सम्भव भएको भन्दै उहाँले जेष्ठ नागरिकको योगदानलाई भूल्न नहुने बताउनुभयो ।

न्यानो कपडा अन्तर्गत ब्ल्याङ्केट, टोपी, सल, जुत्ता र मोजा उपलब्ध गराइने महिला, बालबालिका तथा सामाजिक शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिनुभयो । तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडाका ८४ वर्ष माथिका सम्पूर्ण जेष्ठ नागरिकलाई न्यानो कपडा उपलब्ध गराइने उहाँले बताउनुभयो । उपमहानगरपालिकाभर ८४ वर्ष माथिका झण्डै ५ सय जेष्ठ नागरिक रहेका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस