दाङ, १ फागुन । फागुन १ गते जनयुद्धको ऐतिहासिक दिन पारेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दार्मा गाउँपालिका वडा नं. ३ को वडा कमिटिको विस्तारित बैठक सम्पन्न भएको छ।

वडा कमिटी अध्यक्ष गणेश बहादुर ओलीको अध्यक्षतामा बसेको बैठकले पार्टीका टोल कमिटी, सेल कमिटी र जनसंगठनहरूको सङ्गठनात्मक काम अघि बढाउने निर्णय गरेको छ ।

बैठकमा पालिका इन्चार्ज निम बहादुर केसी अरुण, जिल्ला कमिटी सदस्यहरु चन्द्रबहादुर रावत, दलबहादुर केसी, पालिका कमिटी अध्यक्ष असवीर बुढाथोकी, कर्णाली परिषद् सदस्य टीका शर्मा ओली, वडा कमिटी इन्चार्ज सेतीराम रोकाहा, सहइन्चार्ज प्रेम केसी, गाउँ कमिटी सदस्यहरु देवबहादुर रोकाय, खगेन्द्र केसी र भूपाल चन्दले मन्तव्य राख्नुभएको थियो ।

बैठक अघि सहिद गेटमा जनयुद्ध दिवसको अवसरमा अविरआवरण र सहिदहरूप्रति श्रद्धा सुमन अर्पण गरिएको थियो। कार्यक्रमको सञ्चालन वडा कमिटी सचिव लोकवीर ओलीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस