तुलसीपुर, २ फागुन । तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट व्यवसायी रामप्रसाद चालिसे निर्वाचित हुनुभएको छ । चालिसेले आफ्ना प्रतिद्वन्द्वी नेपाली काँग्रेसको प्रजातान्त्रिक प्यानलबाट उम्मेद्वारी दिएका टेकन प्रसाद बस्नेत हिमाललाई ३४ मतको अन्तरले पछि पार्दै विजयी हुनुभएको हो । विजयी चालिसेले ८ सय २९ मत ल्याउनुभएको भएको थियो भने बस्नेतले ७ सय ९५ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी उद्योग उपाध्यक्षमा प्रजातान्त्रिक प्यानलका ललितजंग शाह ८ सय ६०, बाणिज्य उपाध्यक्षमा व्यावसायिक प्यानलका मिनराज भण्डारी ९ सय ७१, बाणिज्य उपाध्यक्षमा व्यावसायिक प्यानलकै रुपबहादुर खत्री ८ सय ५६ मत प्राप्त गरी विजयी हुनुभएको छ । त्यसैगरी महासचिवमा विनिल केसी १ हजार ५० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी केशवराज केसीले ५ सय ७ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी कोषध्यक्षमा देवबहादुर केसीले १ हजार ५५ मत, सचिवमा खुशलराम शर्मा ६ सय २२ मत, सहकोषाध्यक्षमा कमल गौतम ७ सय ३३ मतका साथ विजयी हुनुभएको छ ।

नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचनमा कुल १ हजार ८ सय ८ मतदातामध्ये १ हजार ६ सय ५९ ले मतदान गरेका थिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस