दाङ, ५ फागुन । भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिन घोराही उपमहानगरपालिकाले वडास्तरबाट फारम भर्ने काम सुरु गरेको छ । यसैक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १८ ले दलित ज्येष्ठ नागरिक ८५ वर्षीय बहादुरे सुनारको पहिलो फारम भरेर लगत संकनल थालेको हो ।

वडाअध्यक्ष भरतमणी अर्यालको अध्यक्षतामा कार्यक्रम गरी वर्षौदेखि कट्वालको पेशा गर्दै आउनुभएका सुनार भूमिहीन दलित भएको र उहाँकै फारम भरी वडामा काम सुरु भएको हो ।

सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्दै आएकाहरूलाई लालपूर्जा दिने काममा पहिलो चरणमा फारम भरेर लगत संकलनको काम सुरु भएको वडा अध्यक्ष अर्यालले बताउनुभयो । यो कार्यक्रमबाट लक्षित वर्गहरु निकै उत्साहित र खुशी भएका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस