दाङ, २२ फाल्गुन । सल्यानको दार्मा गाउँपालिकामा निर्मित पधेरीखोला–मलिक्चा लिफ्ट खानेपानीको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले वडा नं. ६ को ज्यामिरेचौरमा रहेको उक्त खानेपानीको उद्घाटन गर्नुभएको हो ।

नेपाल रेडक्रस सोसाइटी एकीकृत सामुदायिक उत्थानशील परियोजना सल्यानद्वारा निर्मित आयोजनाको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले रिबन काटेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष केसीले खानेपानीको उदुपयोग गर्न र खेर गएको पानीलाई करेसाबारीमा व्यवस्थापन गर्न अनुरोध गर्नुभयो । आयोजना सम्पन्न भई समुदायमा हस्तान्तरण गरिएको भन्दै उहाँले त्यसको संरक्षण एवं मर्मत सम्भारमा स्थानीय सजग हुनुपर्ने धारणा राख्नुभयो ।

रेडक्रस दार्मा उपशाखा सभापति अनन्त शर्माको अध्यक्षतामा भएको कार्यक्रममा दार्मा गाउँपालिका उपाध्यक्ष टीका शर्मा ओली, नेपाल रेडक्रस सोसाइटी सल्यानका सभापति यौवन प्रकाश श्रेष्ठ, किशोरकुमार हमाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । धनीराम नेपालीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन प्रकाश शर्माले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस