दाङ, २४ फाल्गुन । नेकपा पार्टी विवादमा सर्वोच्चको फैसला आएसँगै दाङको नेकपा पार्टी कार्यालयमा आज नेकपा एमालेको बोर्ड स्थापना गरिएको छ । एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागितामा पार्टी कार्यालयमा एमालेको बोर्ड स्थापना गरिएको हो ।

निकै उत्साहित देखिएका नेता कार्यकर्ताहरुले नाचगानसहित पार्टीको बोर्ड राखेका थिए । बोर्ड राखिए लगत्तै भएको कार्यक्रममा नेताहरुले सम्बोधन गर्दै सर्वोच्चको फैसलाले थप उत्साह ल्याएको बताएका थिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस