तिर्थराज ज्ञवाली
मसुरीया(देउखुरी दाङ), २८ फाल्गुन । राप्ती गाउँपालिकामा ८५ प्रतिशत जेष्ठ नागरिकले कोभिड १९ बाट बच्न खोप लगाएका छन् । नेपाल सरकारले ६५ वर्षमाथिका जेष्ठ नागरिक लाई कोभिड १९ बाट बचाउन खोप दिने निर्णयसँगै ९ वटै वडाका १ हजार ७ सय ३९ जना जेष्ठ नागरिकले खोप लगाएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिनुभयो ।

व्यापक सूचना प्रवाहका साथ सुविधाका लागि केही वडाले सवारीसाधन उपलब्ध गराई जेष्ठ नागरिकलाई खोप लगाइएको थियो । चार वटा केन्द्र सिसहनिया स्वास्थ्य चौकी, लालमटिया स्वास्थ्य चौकी, देवीकोट स्वास्थ्य ईकाई र चन्दुली खोप केन्द्र बाट ६५ बर्षमाथिका जेष्ठ नागरिक लाई कोभिड १९ बाट बचाउन खोप दिइएको थियो ।

६५ वर्षमाथिका जेष्ठ नागरिकलाई कोभिड १९ बाट बचाउन खोप दिने क्रममा हाल घरमा केही जेष्ठ नागरिक नरहेको कारण शतप्रतिशत खोप सेवा दिन नसकेको संयोजक नारायण राउतले जानकारी दिनुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस