दाङ, २८ फाल्गुन । पत्रकार सुशील शर्माको निधन भएको छ । चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा पत्रकार शर्माको २ बजेर १३ मिनेट जाँदा निधन भएको भाइ विज्ञान शर्माले जानकारी दिनुभएको छ । उहाँ ६३ वर्षको हुनुहुन्थ्यो ।

उहाँले लामो समय बीबीसी नेपाली सेवामा काम गर्नुभएको थियो । शर्मा अन्तर्वार्ता, समाचार टिप्पणी र विश्लेषणमा अब्बल मानिनुहुन्थ्यो । शर्माका श्रीमती र १ छोरा रहेका छन् ।

पल्मोनरी इम्बोलिजमका कारण शर्माको मृत्यु भएको ओम अस्पतालका चिकित्सकले जानकारी दिएका छन् । फोक्सोमा रगत जम्ने समस्याका कारण पल्मोनरी धमनी बन्द भएपछि पल्मोनरी इम्बोलिजम हुने पनि चिकित्सकले बताएका छन् ।

शर्माको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पनि परिवारले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस