तिर्थराज ज्ञवाली

मसुरीया (देउखुरी दाङ), ११ चैत्र । राप्ती गाउँपालिकाका कृषकहरुले सामूहिक खेती सुरु गरेका छन् । राप्ती गाउँपालिका वडा नं ७ मा सिद्धेश्वरी कृषक समूहले ९ कट्ठा जग्गामा सामूहिक खेती गर्न थालेका हुन् ।

थोरै-थोरै जग्गा भएका कृषकहरु मिलेर जग्गा भाडामा लिई सामूहिक रुपमा अहिले मकै खेती गरिएको समूहका अध्यक्ष कर्णबहादुर ज्ञवाली बताउनुहुन्छ । त्यस्तै  वडा नं ६ मा रहेको नवप्रतिभा कृषक सहकारी संस्थाले पनि सामूहिक खेतीलाई अघि बढाएको धेरै समय भएको छ । गरिव बिपन्न, मुक्त कमैयालगायतको सहभागितामा कृषक सहकारी स्थापना गरी पछिल्लो समय आलु खेती गरिएको थियो ।सामुहिक खेति गर्दा र जग्गा चक्लाबन्दि गरी खेती गर्दा उत्पादन खर्च कम लाग्न जाने हुँदा आम्दानीमा बृद्धि हुने नवप्रतिभा कृषक सहकारी संस्थाका अध्यक्ष प्रेमलाल चौधरीको भनाइ छ । नवप्रतिभा कृषक सहकारी संस्था बगरापुरले विधान गर्दा गरी प्रस्तावना समेत दर्ता गरी कृषि ज्ञान केन्द्र घोराहीबाट ५ लाख रुपैयाँको अनुदान समेत प्राप्त गर्न सफल भएको छ ।
टिपिएस आलुको बीउ उत्पादनका लागि ५० प्रतिशत अनुदानमा सहकारीले मनग्य आलुका बीउ उत्पादन समेत गरेको छ ।
बुधबार टिपियस आलुको बीउ उत्पादनका लागि ५० प्रतिशत अनुदानको सामाजिक लेखा परीक्षण समेत सहकारी संस्थाले सम्पन्न भएको छ ।

कृषि ज्ञान केन्द्र घोराहीका प्रमुख बुद्धिराज घिमिरे, बागवानी कृषि अधिकृत बालकृष्ण शाह, राप्ती गाउँपालिका कृषि शाखा प्रमुख महेश अधिकारी, कृषि अधिकृत अनिल अधिकारी स्थानीय जनप्रतिनिधिसहित, नागरिकमाझ सामाजिक लेखा परीक्षण गरिएको हो । टिपियस आलुको बीउ उत्पादनका लागि ६ विघा जग्गा भाडामा लिई खेती गरिएको र सो खेतीका लागि टेलरपावर, स्प्रे टंकी, कोदाली, कुटो, क्यारेट बोरा, विषादी, मललगायत खरिद गरिएको सामाजिक लेखा परीक्षणमा बताइएको छ ।

राप्ती गाउँपालिकामा मात्र स्थानीय सरकार स्थापना एवं कृषि शाखा आए पश्चात ३१ वटा कृषक समूह दर्ता भएको प्रविधिक बरसाती गडरियाले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस