दाङ, २० चैत्र । दाङको मसोटमा यात्रुबहाक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दाङको घोराहीबाट लमही जाँदै गरेको लु १ ख ९८६३ नम्बरको बस घोराही उपमहानगरपालिका–३ मसोटखोला उकालोको घुम्तीमा बस पल्टिएको थियो ।

दुर्घटनामा परी २७ यात्रु घाइते भएका छन् । जसमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । मृत्यु भएकाहरुको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिनुभयो । ब्रेक फेल भएर बस पल्टिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस