दाङ, २३ चैत्र । घोराही उपमहानगरपालिका १४ स्थित श्री गणेश टोल विकास संस्थाको अध्यक्षमा महेश गुप्ता चयन हुनुभएको छ । टोलको भेलाले गुप्ताको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा दीपक बुढाथोकी, सचिवमा सुनिता थापा, कोषाध्यक्षमा सुदर्शन श्रेष्ठ, महिला सदस्यमा बालिका श्रेष्ठ, कृष्णा श्रेष्ठ र सदस्यमा दिनेशप्रसाद श्रेष्ठ रहनुभएको छ ।

नवनिर्वाचित समितिले ज्येष्ठ नागरिक हरि श्रेष्ठ र प्रदेश नं. ५ का सांसद अर्जुन श्रेष्ठबाट टीका ग्रहण गरी पदभार सम्हालेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस