दाङ, ३ वैशाख । तुलसीपुर उपमहानगरपालिका आर्थिक प्रशासन शाखामा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएको छ । कर्मचारीमा कोरोना पुष्टि भएपछि उपमहानगरपालिकाको आर्थिक प्रशासन शाखा ५ गतेसम्मका लागि बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

कोरोनाको जोखिमबाट सेवाग्राही, कर्मचारी तथा जनप्रतिनिधिलाई बचाउन शाखालाई निर्मलीकरण गर्नुपर्ने भएकोले बन्द गरिएको बताइएको छ । हिँजो गरिएको कोरोना परीक्षणमा उपमहानगरपालिकाको कर्मचारीसहित ६ जनामा कोरोना पुष्टि भएको थियो । कोरोनाका कारण दाङमा बिहीबार एकजना महिलाको समेत मृत्यु भएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस