दाङ, ६ वैशाख । पछिल्लो २४ घण्टामा तुलसीपुर उपमहानगरपालिका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा तुलसीपुरका २२ जनाको स्वाब परीक्षण गरिएकोमा १६ जनामा सङ्क्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिनुभयो ।

यो रिपोर्ट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको मात्र भएकोले सङ्क्रमितको सङ्ख्या अझ बढ्नसक्ने देखिएको छ । सङ्क्रमित हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का ५ जना, वडा नं. ६ का ४ जना, वडा नं. १२ का ३ जना, वडा नं. ३ का २ जना, वडा नं. ९ का १ जना र वडा नं. १८ का १ जना रहेका छन् । सङ्क्रमण हुनेहरुमा १८ वर्षदेखि ६५ वर्षसम्मका रहेका छन् । सङ्क्रमण हुनेहरु शिक्षक, क्याम्पसमा अध्ययनरत विद्यार्थी समेत रहेका छन् ।

कोरोनाको दोस्रो सङक्रमण सुरु भएदेखि तुलसीपुरका ९१ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस