तुलसीपुर, ६ वैशाख । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेको प्रेस सल्लाहकारमा पत्रकार ओपेन्द्र बस्नेत नियुक्त हुनुभएको छ । सोमबार बसेको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका बैठकले पत्रकार बस्नेतलाई प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता सुर्य बहादुर डाँगी (श्याम)ले जानकारी दिनुभयो ।

राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएका पत्रकार बस्नेत करिब दुई दशकदेखि छापा, विद्युतीय र अनलाइन पत्रकारिता क्षेत्रमा कृयाशील हुनुहुन्छ । नेपालकै पहिलो वातावरणमैत्री सामुदायिक रेडियो, रेडियो प्रकृति एफएमको स्टेशनम्यानेजर, तुलसीपुर खबर डटकमको प्रकाशक तथा सम्पादक समेत रहनुभएका पत्रकार बस्नेत करिब आधादर्जन संचारमाध्यममा आवद्ध हुनुहुन्छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस