दाङ, १९ वैशाख । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले आइतबार उहाँलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नवनियुक्त मुख्यमन्त्री पोख्रेलले आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पेश गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस