दाङ, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि दावी गरेका दुवै दाबी खारेज गरेसँगै देश मध्यावधि निर्वाचनको बाटोमा जाने निश्चित देखिएको छ ।

शुक्रबार मध्यराति राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री नियुक्तिका लागि काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली दुबैको दावी नपुग्ने भन्दै खारेज गरिदिएको हो ।

राष्ट्रपति कार्यालयको विज्ञप्ति आए लगत्तै प्रधानमन्त्री निबास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस