सिसहनियाँ देउखुरी, १४ जेठ । सिसहनियाँ उद्योग बाणिज्य संघको पहलमा राप्ती गाउँपालिका सिसहनियास्थित अस्थायी कोरोना अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

उपचारत कोभिड १९ का बिरामीहरुको उपचारमा थप सहयोग पुर्‍याउने उद्देश्यका साथ सिसहनियाँ उद्योग बाणिज्य संघका पदाधिकारी, सल्लाहकार, कर्मचारी तथा स्थानीय सामाजिक व्यक्तिहरुबाट स्वःस्फूर्तरुपमा प्राप्त रकमबाट स्वास्थ्य सामग्री खरिद गरी हस्तान्तरण गरिएको सिसहनियाँ उद्योग बाणिज्य संघका महासचिव ईश्वरीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

बिहीबार सिसहनियास्थित अस्थायी कोरोना अस्पतालका प्रमुख रेगनसिंह थापालाई संघका अध्यक्ष शान्तराज भण्डारीलगायतको टोलिद्वारा अक्सिजन कन्सन्ट्रेटर १ थान, स्टिमर ७ थान, अक्सिमिटर ४ थान हस्तान्तरण गरिएको सचिव मदन पोख्रेलले बताउनुभयो ।

सङ्कलित रकममध्येको १ लाख ३७ हजार रुपैयाँ बरावरको स्वास्थ्य सामग्री प्रदान गरिएको उद्योग वाणिज्य संघले जनाएको छ । स्वास्थ्य सामग्री बुझ्दै सिसहनियाँ अस्थायी कोरोना अस्पतालका प्रमुख रेगनसिंह थापाले अहिलेको यो विषम अवस्थामा कोरोना संक्रमितको उपचारमा अत्यन्त सहयोगी सामग्री उपलब्ध गराएकोमा सहयोगी सम्पूर्णमा धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

स्वास्थ्य सामग्री हस्तान्तरणमा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष गोवद्र्धन रावत, निवर्तमान अध्यक्ष पूर्ण बहादुर बुढाथोकी, उपाध्यक्ष युवराज सिंह ठकुरी, भरत पाण्डे, सनिप ज्ञवाली, माधव रावतलगायतको सहभागिता रहेको थियो ।
उद्योग बाणिज्य संघले रकम सहयोग गर्ने सबैलाई आभार ब्यक्त गरेको छ । साथै कोरोनाबाट बच्न र सजग रहन टोल बस्तीमा केही दिन माइकिङ गर्ने योजना रहेको कार्यालय सचिव युवराज सुवेदीले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस