दाङ, १४ जेठ । दार्मा गाउँपालिकाले सञ्चालन गरेको कोभिड–१९ साइसोलेसन केन्द्रमा १० जना लक्षणसहितका कोभिड पोजेटिभको उपचार भइरहेको गाउँपालिकाले जनाएको छ । आज गाउँपालिकाको गाडीबाट सङ्क्रमित महिला र उनको दूधे बच्चालाई उद्धार गरी फारुलाचौरस्थित आइसोलेसन केन्द्रमा राखिएको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले जानकारी दिनुभयो ।

दार्मा गाउँपालिकामा २०७८ वैशाख २१ देखि हालसम्म १ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बढी लक्षण देखिएका १० जना बिरामीलाई अक्सिजनसहितको साइसोलेसन केन्द्रमा राखिएको छ ।

पालिकाले सञ्चालन गरेको २५ बेड क्षमताको आइसोलेसनमा २१ वटा अक्सिजन सिलिन्डर तथा २ वटा अक्सिजन कन्सन्ट्रेटरको व्यवस्था गरिएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले बताउनुभयो । आइसोलेसन केन्द्रमा मेडिकल अधिकृतसहित स्टाफ नर्स, अहेव, अनमीको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

आइसोलेसनमा ल्याउनका लागि पालिकाले एम्बुलेन्स तथा पालिकाको गाडीबाट व्यवस्थापन गरिरहेको जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस