दाङ, २५ जेठ । दाङमा पुनः एकहप्ताका लागि लकडाउन थपिएको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका संयोजक दीर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले लकडाउन थप्ने निर्णय गरेको हो ।

बैठकले लकडाउनको स्वरुपमा भने केही परिमार्जन गरेको छ । थप भएको लकडाउनको अवधिमा बैंक तथा वित्तीय संस्थाहरु दैनिक विहान १० बजेदेखि २ बजेसम्म खुल्नेछन् ।

बैठकले होटेल रेन्टुरेन्ट, सैलुन, खाजाघर, चिया पसल बाहेक सबै किसिमका पसलहरु बिहान ६ बजेदेखि १० बजेसम्म खुल्न दिने निर्णय गरेको छ ।

कोरोना सङ्क्रमणले भयावह स्थिति लिएसँगै गत वैशाख १७ गतेदेखि दाङमा लकडाउन सुरु भएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस