दाङ, १३ असार । राप्ती गाउँपालिकास्थित मिलाप कृषि सहकारी संस्थाले हिंसापीडित महिलाका लागि सञ्चालनमा रहेको सेफ हाउसलाई सामग्री सहयोग गरेको छ । राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा रहेको सहकारी संस्थाले अष्ट्रेलियन एड, अष्ट्रेलिया कारितास र कारितास नेपालको आर्थिक सहयोगमा हिंसापीडित नागरिकको सुरक्षा तथा न्यायमा सहजता ल्याउन सञ्चालन गरिएको सेफ हाउसलाई सञ्चालन तथा ब्यवस्थापनका लागि सामग्री उपलब्ध गराएको हो ।

५३ हजार ६ साय ८६ रूपैयाँ बराबरको सामग्री राप्ती गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक जगदम्बाकुमारी चौधरीलाई दलबहादुर घर्तीमगर र मिलाप कृषि सहकारी संस्थाकी व्यवस्थापक अनु चौधरीले संयुक्तरूपमा हस्तान्तरण गर्नु भएको छ ।

सेफ हाउस सञ्चालनमा थप सहयोग पु¥याउने उद्देश्यका साथ किचन र्‍याक, स्टील किचेन सेट, एस मोडेल चियर, स्टिल दराज, फाइबर सिरक र विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को बढ्दो जोखिमलाई न्युनिकरणका लागि सचेतनाका लागि ब्यानर समेत पालिकालाई हस्तान्तरण गरिएको छ ।स्वास्थ्य सामग्री बुझ्दै गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक जगदम्बाकुमारी चौधरीले न्याय र सुरक्षाका लागि नागरिलार्ई हिंसाबाट जोगाउन र हिंसा न्युनीकरण गर्दै जान सबै पक्षको सहयोगको आवश्यकता रहेको भन्दै सेफ हाउसका लागि सामग्री सहयोगका लागि मिलाप कृषि सहकारी संस्था लाई धन्यवाद दिनुभएको थियो ।

२०७७ साल कार्तिकदेखि मौरीघाटमा सञ्चालनमा रहेको सेफ हाउसमा हाल एकजना हिंसा पीडितलाई संरक्षणका लागि राखिएकोे महिला विकास शाखा प्रमुख जीवनकुमारी जिसीले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस