दाङ, २७ साउन । कोरोना भाइरस तेस्रो भेरिएन्टको सम्भावनालाई मध्यनजर गर्दै त्यसको नियन्त्रण र रोकथामका लागि तयारी बैठक घोराहीमा सम्पन्न भएको छ । सिसा नेपाल दाङका अध्यक्ष साजिदा सिद्धिकीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।

बैठकमा दाङका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख तथा विभिन्न संघस‌ंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कोरोनाको तेस्रो लहरबाट बालबालिकामा पर्ने असर तथा उनीहरुलाई सुरक्षित राख्नेबारे छलफल भएको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिनुभयो । तेस्रो लहर नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमलाई समेत विशेष प्राथमिकतामा राखी छलफल गरिएको उहाँले बताउनुभयो ।अस्पताल तथा आइसोलेसन सेन्टरहरुको व्यवस्थापन लगायत अत्यावश्यक सामग्रीहरुको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बैठकका सहभागीहरुले बताइएका थिए ।

सिसा नेपालले अहिले कोरोना विशेष अस्पताल, मेट्रो अस्पताल तुलसीपुर, विभिन्न पालिकामा भएका आइसोलेसन सेन्टरहरुमा स्वास्थ्य सुरक्षा सामग्री, अक्सिजन सिलिन्डरलगायत विभिन्न बेड, टेन्ट एवं सरसफाइका सामग्रीहरु वितरण गरेर कोरोनाको तेस्रो लहरको रोकथाम तथा नियन्त्रण अभियानमा जुटेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस