दाङ, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाखरेलले राजीनामा दिनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको हो ।

प्रदेशसभामा आफूविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल हुन आज डाकिएको विशेष अधिवेशन बस्नु अगाडि नै पोखरेलले राजीनामा दिनुभएको छ । प्रदेशसभामा दिउँसो १ बजे अविश्वासको प्रस्तावमाथि छलफल र मतदान गर्ने कार्यसूची प्रदेशसभाले निकालेको थियो ।

पोखरेलले राजीनामा दिएसँगै बिपक्षी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने निश्चित भएको छ । विपक्षी गठबन्धनले आफ्नो तर्फबाट माओवादी नेता केसीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिसकेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस