दाङ, २८ साउन । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई मातृशोक परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ अश्वारा निवासी नगर प्रमुख पाण्डेकी ममतामयी आमा अमृता पाण्डेको ७३ वर्षको उमेरमा न्यूरो हस्पिटल बाँसबारीमा बिहीवार दिउँसो करिब १ बजे निधन भएको नाती अनुप पाण्डेले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या देखिएपछि अमृतालाई असार २७ गते अस्पतालमा भर्ना गरिएको थियो । फोक्सो र मुटुमा समस्या देखिएपछि अमृतालाई आईसीयूमा राखेर उपचार गरिँदै आएको थियो । शवलाई दाङको तुलसीपुर ल्याउने तयारी गरिएको छ । उहाँको भोलि नै भमकेखोलाको घाटमा अन्त्यष्टि गरिने भएको छ ।

यसैबीच तुलसीपुर उपमहानगरपालिका प्रवक्ता सूर्यबहादुर डाँगीले शोक विज्ञप्ति जारी गर्दै नगर प्रमुख घनश्याम पाण्डेकी आमा अमृता पाण्डेको दुःखद निधनले स्तब्ध बनाएको बताउनुभएको छ । तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसे, रेडियो प्रकृति एफएम सञ्चालक समितिका अध्यक्ष खगेन्द्र पोख्रेल, स्टेशन म्यानेजर ओपेन्द्र बस्नेत, तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले पनि पाण्डेको निधन प्रति दुःख व्यक्त गर्दै शोकसन्तव्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस