दाङ, २८ साउन । अन्तर्राष्ट्रिय युवा दिवस, २०७८ का अवसरमा दार्मा गाउँपालिकाले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा दार्मा–२ सल्यानकी प्रतिमा रोकाय केसी प्रथम हुनुभएको छ । गाउँपालिकाले ‘दार्माको विकास र समृद्धिका लागि युवाको भूमिका’ विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगितामा दार्मा ५ का मानबहादुर खड्का द्वितीय र दार्मा ३ की विद्या शर्मा तृतीय हुनुभएको छ । प्रतियोगितामा ९ जना प्रतिस्पर्धीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने युवाहरुलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा सुशासनका लागि युवा मञ्च दार्मा सल्यानले समन्वय गरेको थियो । कार्यक्रमको युरोपियन युनियन, सहकर्मी समाज, दलित विकास समाज सल्यानले सहकार्य गरेका थिए । प्रतियोगिताका सहभागीहरुले युवाको सक्रियताले नै विकास र समृद्धि हासिल गर्न सकिने बताएका थिए । युवालाई स्थान दिनेगरी गाउँपालिकालाई कार्यक्रम ल्याउन समेत उनीहरुले सुझाव दिएका थिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस