तिर्थराज ज्ञवाली

मसुरीया(देउखुरी दाङ), १५ भदौ । राप्ती गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरुको सेवा प्रवाहका बारेमा समीक्षा सम्पन्न भएको छ । कोभिड–१९ का कारण लक्ष्य पूरा नभएको हुँदा गत वर्षको लक्ष्य पूरा गर्न यस वर्ष थप काम गरिने बताइएको छ ।

Advertisements

गत वर्ष कोभिड १९ को दोस्रो चरणको महामारीका कारण नियमित क्रियाकलाप सहज तवरले गर्न नपाइएको कारण वार्षिक लक्ष्य पूरा हुन नसकेको हुँदा यस आर्थिक वर्षमा लक्ष्य प्राप्तिको लागि थप कार्यक्रम सुरु गरिने स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिनुभयो ।

राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा २ वटा स्वास्थ्य चौकी, २ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा ५ वटा स्वास्थ्य इकाइको समीक्षा गरिएको हो ।

सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा स्वास्थ्य संस्थाको गत आर्थिक वर्षमा गरिएको कार्य प्रगतिको समीक्षा गरिएको हो ।

समीक्षामा स्वास्थ्य संस्था प्रमुखहरुले प्रतिवेदन प्रस्तुत गर्नुका साथै पूरा गर्न नसकेका र गर्नुपर्ने कामका विषयमा सहभागीहरुद्वारा सल्लाह सुझाव तथा प्रतिक्रिया दिएका थिए ।सिसहनियाँ स्वास्थ्य चौकी प्रमुख धनबहादुर खड्का, लालमटिया स्वास्थ्य चौकी प्रमुख कृष्णप्रसाद श्रष्ेठ, लालमटिया आधारभूत स्वास्थ्य सेवा केन्द्र प्रमुख कमला न्यौपाने, खुरुरिया आधारभुत स्वास्थ्य सेवा केन्द्र प्रमुख पुनम कुमाल, मौरीघाट स्वास्थ्य इकाई प्रमुख जानकी रोका, पत्थरगढवा स्वास्थ्य इकाई प्रमुख चन्द्रा चौधरी चौधरी, देवीकोट स्वास्थ्य इकाई प्रमुख यज्ञ बहादुर कार्की तथा सुआहारा कार्यक्रमको बारेमा नितु चौधरीले गत वर्ष गरिएका कामको बारेमा जानकारी गराउनुभएको थियो ।

राप्ती गाउँपालिका क्षेत्रका स्वास्थ्य संस्थाहरको समीक्षा कार्यक्रममा सरोकारवाला तथा सहभागीको तर्फवाट स्वास्थ्य संस्थाहरुले प्रदान गदै आएका सेवामा पोषण बृद्धि अनुगमन गर्नुपर्ने, स्वास्थ्य इकाइको स्तरबृद्धि गर्नुपर्ने, संस्थागत सुत्केरी बढाउनुपर्ने, नियमित खोप सेवा प्रदान गर्ने, गर्भवती तथा सुत्केरी जाँच क्षेत्र बढाउनु पर्ने, परिवार नियोजन सेवाग्राही संख्या निश्चित गर्नुपर्ने, खोप केन्द्रमा कर्मचारी थप गर्नुपर्ने तथा सबै स्वास्थ्य संस्थाबाट कोभिड खोप सञ्चालन गर्नुपर्ने लगायतका सल्लाह तथा सुझाव दिइएको छ ।

उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, वडा अध्यक्षहरु, स्वास्थ्य कार्यालय दाङका प्रतिनिधि कमल चन्द, स्वास्थ्यका लागि सक्षम प्रणालीका प्रतिनिधि अर्चना अर्याल, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु, स्वास्थ्य स्वयंसेविकाका प्रमुखहरु तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको समीक्षा कार्यक्रममा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै लैजान गाउँपालिकाको तर्फबाट आगामी दिनमा कुपोषित बालबालिकाको स्वास्थ्य सुधारको अवस्था नियमित चेकजाँच बढाउँदै लैजानुपर्ने, एम्बुलेन्स सेवा थप गर्नुपर्ने, सेवा सुविधासहित स्वास्थ्य स्यंसेविकालाई थप परिचालन गर्नुपर्ने, स्वास्थ्य संस्थामा औषधिको पर्याप्तता सहज बनाउनु आवश्यक रहेको, स्वास्थ्य संस्थामा उपचार गर्न जाने बिरामीको संख्या घट्नुको कारणबारे अध्ययन हुनुपर्ने, स्थायी परिवार नियोजन कार्यक्रमबारे जोडीलाई अभिमुखीकरण गर्नुपर्नेमा जोड दिइएको छ ।

समीक्षामा राप्ती गाउँपालिकामा स्वास्थ्य संस्थामा भएका स्रोत साधनको बृद्धिको अवस्था तथा नागरिकलाई सहज सेवा दिनका लागि भएका प्रयासका बारेमा समेत जानकारी गरिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस