तुलसीपुर, ७ कात्तिक । सल्यानको कपुरकोटमा भएको जीप दुर्घटनामा परी ८ जना घाइते भएका छन् । विहान करिव ७:५० बजे कपुरकोट गाउँपालिका वडा नं. ३ मुलपानीमा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेहरुमा बागचौर नगरपालिका २ बस्ने २० वर्षीय चालक हिक्मत पुन मगर, बागचौरकै १९ वर्षीय अर्जुन के.सी., वडा नं. १ बस्ने वर्ष १४ का आयुष बस्नेत, वर्ष २२ का मनोज बस्नेत, वर्ष २७ की सीता ओली, वर्ष २८ की बबिता रावल, उहाँकी ११ वर्षीया छोरी एसिका रेउले र नाम नखुलेको ३५ वर्षीय एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

थारमारे बाट दाङ तर्फ आउँदै गरेको भे.१.च. १८९० नम्बरको डबल क्याप जीप सडक बाट झण्डै १०० मिटर तल खसेको थियो । घाइतेहरूलाई उद्दार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

 

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस